Pura Samachar

विपक्षी गठबन्धनद्वारा लुम्बिनी प्रदेशसभा बैठक बहिस्कार

प्रकाशित: June 8, 2021
पूरा समाचार

विपक्षी गठबन्धनद्वारा लुम्बिनी प्रदेशसभा बैठक बहिस्कार

लुम्बिनी सरकारले आज प्रदेश सभामार्फत आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख धर्मनाथ यादवमार्फत सार्वजनिक गर्ने कार्यक्रमको विपक्षी गठबन्धनका सांसदहरुले विरोध गरेका छन् ।

दिउँसो साढे ४ बजे सुरु भएको बैठकमा विपक्षी दलका प्रमुख सचेतक मात्र उपस्थिति भएका छन् । प्रमुख सचेतक बाहेक गठबन्धनमा अबद्ध ४ दलका अरु प्रदेशसभा सदस्यहरुले बैठक बहिस्कार गरेका छन् ।

गठबन्धन दलहरुको जेठ १९ गते प्रदेश प्रमुख यादवले संविधान विपरित एक दलको जस्तै गरी काम गरेकाले आज प्रदेश सभा बैठक वहिस्कार गर्नु परेको नेपाली काँग्रेस सचेतक निर्मला क्षेत्रीले बताइन् । उनले भनिन्, ‘हामीले प्रदेश प्रमुखको विरोध गरेका हौं, निति तथा कार्यक्रम बजेट बिषय छुट्टै धारणा आउँछ ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रदेश सभामा प्रस्तुत गर्न आग्रह गर्ने निर्णय गरेको थियो । गठबन्धनका सांसदको विरोधका बीच प्रदेश प्रमुखले नीति तथा कार्यक्रम बाचन गरिरहेका छन् ।

यस्तै विश्वासको मत नलिएको सरकारको वैधानिकतामा समेत प्रश्न रहेको गठबन्धनको भनाइ छ ।

प्रतिक्रिया