Pura Samachar

आजको मौसम

प्रकाशित: June 9, 2021

आजको मौसम

मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।



महाशाखा अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

यस्तो छ आजको मौसम:

२०७८ जेठ २६  गते (बुधबार)

दिउँसो: देशभर आंशिक  देखि सामान्य बदली रहनेछ । देशका केही  स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक  देखि सामान्य बदली रहनेछ । देशका केही  स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया