Pura Samachar

सभामुख सापकोटाले पूर्व प्रधानमन्त्री तथा दलका नेतासंग छलफल गर्ने

प्रकाशित: June 9, 2021

सभामुख सापकोटाले पूर्व प्रधानमन्त्री तथा दलका नेतासंग छलफल गर्ने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्व प्रधानमन्त्री तथा दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् ।

प्रतिनिधि सभा विघटनपछि विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भेटघाट, छलफल र परामर्श गरिरहेका सभामुख सापकोटाले शुक्रबार दलका नेताहरूसँग छलफल गर्ने भएका हुन् । यसअघि सभामुख सापकोटाले जेठ ११ गते पूर्वसभामुखहरुसँग छलफल गरेका थिए ।

यसैगरी सभामुखले कानुनबिदहरु संग पनि छलफल गरेका थिए। छलफलमा सहभागी सबैले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंबैधानिक भनेका थिए ।

यसअघि प्रतिनिधि सभा विघटन गर्ने कदमलाई सभामुख सापकोटाले असंवैधानिक र अलोकतान्त्रिक भनिसकेका छन् ।

प्रतिक्रिया