Pura Samachar
  • मुख्यमन्त्री गुरुङलाई बिश्वासको मत पाउन सकस

    प्रकाशित: ७ दिन पहिले

    मुख्यमन्त्री गुरुङलाई बिश्वासको मत पाउन सकस

    काठमाडौं । गण्डकी प्रदेशमा प्रदेश सभा बैठक बिहिवार बस्दैछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मध्याह्न १२ बजेको लागि बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यतालिका रहेको छ ।

    आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए ।

    संवैधानिक व्यवस्था अनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसैको लागि उनले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए । कुल ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ ।

    यसैविच मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाउने देखिएको छ। ६० सदस्यीय प्रदेश सभामा नेकपा (एमाले)का २७ सांसद छन्। राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले उनलाई सहयोग गर्ने देखिएको छ।

    उनको मन्त्रिपरिषद्मा रहेका स्वतन्त्र सांसद दीपक मनांगेले भने बुधबार साझदेखी मुख्यमन्त्री गुरुङको साथ छोडेको बताए। उनी मुख्यमन्त्रीले बुधबार साँझ बोलाएको मन्त्रिपरिषद् बैठकमा पनि सहभागी भएनन। जसले गर्दा मुख्यमन्त्री गुरुङको पक्षमा २८ सांसद मात्रै देखिएका छन्। बहुमतका लागि ३१ सांसद चाहिन्छन्।

    प्रतिक्रिया