Pura Samachar

दीपक मनाङेले दिए मन्त्री पदबाट राजीनामा

प्रकाशित: June 11, 2021

दीपक मनाङेले दिए मन्त्री पदबाट राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारले विश्वासको मत गुमाएपछि युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् ।

उनले बिहीबारबाट लागू हुनेगरी मन्त्री पदबाट राजीनामा दिएका हुन् ।  उनी बिहीबार प्रदेशसभा बैठकमा समेत अनुपस्थित भएका थिए ।  मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको उनको भनाइ छ ।

उता, मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भने मन्त्री  मनाङेलाई पदमुक्त गरेका छन् । सो मन्त्रालय आफैं सम्हाल्ने जानकारीसहित मनाङेलाई पदमुक्त गरेको विषयमा उनले प्रदेश प्रमुखलाई पत्राचार गरेका हुन् ।

प्रतिक्रिया