Pura Samachar

नवनियुक्त मुख्यमन्त्री पोखरेललाई निवर्तमान मुख्यमन्त्रीको बधाई

प्रकाशित: June 12, 2021

नवनियुक्त मुख्यमन्त्री पोखरेललाई निवर्तमान मुख्यमन्त्रीको बधाई

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुखसीता कुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम आज नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै गुरुङले टेलिफोन गरी पोखरेललाई बधाई ज्ञापन गर्नुभएको उहाँका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिनुभयो । आजै मुख्यमन्त्रीसहित माओवादी केन्द्रबाट मधुमाया अधिकारी, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्रीको शपथ ग्रहण गर्दै हुनुहुन्छ । –––

प्रतिक्रिया