सिके राउत नेतृत्वको जनमत पार्टीले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा: रहेको नागरिकता विधेयकमा राख्न लागिएका व्यवस्थाप्रति असहमति जनाएको छ।
संसदमा पठाउन लागिएको नागरिकता विधेयक मधेशीलगायत उत्पीडित वर्गका जनताले पटकपटक गरेका आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिहरूप्रति प्रतिगामी र जनचाहनाविपरीत रहेको उसको भनाइ छ।
पार्टीका केन्द्रीय सदस्य चन्दनकुमार सिंहले आइतबार विज्ञप्ति निकालेर नागरिकता सम्बन्धी अधिकार खोस्ने र मधेशीलगायत जनतालाई अनागरिक बनाउनेतिर लक्षित रहेको भन्दै एकजुट हुन आग्रह गरेका छन्।
जनताका अधिकार खोस्न खोजिए आन्दोलन गर्ने जनमत पार्टीको भनाइ छ।
हेर्नुस् विज्ञप्ति:
प्रतिक्रिया