Pura Samachar

एमाले संसदीय दलको बैठकमा चार सदस्य अनुपस्थित

प्रकाशित: June 15, 2021

एमाले संसदीय दलको बैठकमा चार सदस्य अनुपस्थित

नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलका बैठकमा पुनःबहाली भएका प्रदेशसभाका चार सदस्य अनुपस्थित भएका छन्। अनुपस्थित हुनेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा छन्।

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजानिक गर्ने  कार्यसूची छ। आज बिहानको सो दलको बैठकमा उपस्थित हुन उनीहरुलाई पत्राचार गरिएको बताइएको छ।

संसदीय दलको बैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरे पनि चारै सदस्य अनुपस्थित भएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले जानकारी दिए।

प्रतिक्रिया