
काठमाडौं । निषेधाज्ञाका कारण बन्द रहेको राइड सेयरिङ सेवा सोमवार रातीबाट नियमित हुने भएका छन् । टुटल र पठाओलगायतका कम्पनीले नियमित सेवा दिने तयारी थालेका हुन् ।
उपत्यकामा मंगलवारदेखी निजी सवारीलाई जोर/बिजोर प्रणाली अनुसार चल्नदिने गरि भएको निर्णयसँगै टुटल र पठाओ सेवामा फर्किन लागेका छन् । उनीहरु पनि जोर/बिजरो प्रणाली अनुसार नै चल्ने छन। राइडरले मापदण्ड अनुसार सेवा दिने टुटलका संस्थापक शिक्षित भट्टले बताए ।
पठाओले नियमित सेवा सुरु नगरेपनि निश्चित राइडरमार्फत सतर्कतासहितको सेवा थालनी गरेको छ । पठाओले अत्यावश्यक अवस्थामा अत्यावश्यक सेवा चाहानेहरूलाई नियमित सेवा दिने बताएको छ । स्वास्थ्यका लागि अपनाइने सबै मापडण्ड पूरा गरेर सेवा प्रयोग गर्ने गरी प्रोटोकल बनाइएको छ ।
प्रतिक्रिया