काठमाडाैं । सर्वोच्च अदालतको मंगलबार प्रधानमन्त्री केपी ओलीले पछिल्लोपटक गरेको मन्त्रिपरिषद बिस्तारलाई खारेज गर्ने अन्तरिम आदेशपछि नेपाली कांग्रेसले प्रतिक्रिया जनाएकाे छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले राजनीतिक शक्तिको अहंकार देखाएकोमा सर्वोच्चले संविधानको शक्ति स्मरण गराइदिएको प्रतिक्रिया दिएका हुन् ।
सर्वोच्चको आदेशले संविधान मिच्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिलाई निरूत्साहित गरेको शर्माले बताए। सर्वोच्चको आदेशसँगै २० जना मन्त्री स्वत: पदमुक्त भएका छन्।
प्रतिक्रिया