Pura Samachar

कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो

प्रकाशित: June 23, 2021

कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो

एजेन्सी।भारतमा कोरोना संक्रमितको संख्या तीन करोड नाघेको छ। पछिल्लो २४ घन्टामा ५४ हजार संक्रमित थपिएसँगै भारतका संक्रमितको संख्या ३ करोड २७ हजार ८५० पुगेको छ। भारतमा ३० जनवरी, २०२० मा पहिलो पटक संक्रमण पुष्टि भएको थियो। संक्रमितमध्ये एक करोड पछिल्लो ५० दिनमा थपिएका हुन्। कोरोनाको दोस्रो लहर कमजोर बन्दै गएको भारतमा मंगलबार ९१ दिनपछि ५० हजारभन्दा कम संक्रमित भेटिएका थिए।

प्रतिक्रिया