काठमाडौं– कोरोना महामारीको जोखिम पुन: बढेको भन्दै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा प्रशासनले कडा निगरानि गर्न थालेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उपत्यका भित्रिने प्रमुख नाकामा कडाइका साथ निगरानी गर्न थालिएको छ ।
नाकामा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षण गर्नु पर्ने नियमब बनाइएको छ ।
काठमाडौं प्रवेश गर्ने व्यक्तिहरूलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले सोधीखोजी गरिरहेका छन् ।
लक्षण देखिएकालाई पिसिआर परीक्षण गर्न पठाउने गरेका छन् ।
यसैबीच, जारी निषेधाज्ञा अवधिभर अत्यावश्यक कामका लागि काठमाडौं उपत्यकामा प्रवेश गर्न अनिवार्य जिल्ला प्रशासन कार्यालयको सिफारिस चाहिने जनाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै मृत्यु संस्कार, कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान र आउन स्थानीय तहको सिफारिससहित प्रशासनमा निवेदन दिएमा अन्तरजिल्ला आवतजावत पाइने उल्लेख छ ।
स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म मात्र गर्न नपाइने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया