Pura Samachar

भाईरल बनेकी सन्तोषी सुब्बाको हत्या

प्रकाशित: June 23, 2021

भाईरल बनेकी सन्तोषी सुब्बाको हत्या

काठमाडौं। काठमाडौंको दक्षिणकाली नगरपालिका–७ दक्षिणकाली मन्दिर परिसरमा सन्तोषी सुब्बाको हत्या भएको छ। सामाजिक सञ्जालमा भाइरल रहेकी ३० वर्षे सुब्बाको शव मंगलबार १ नम्बर पिकनिक स्पोटको शौचालयभित्र फेला परेको प्रहरीले जनाएको छ। उनको शव क्षतविक्षत रुपमा भेटिएको थियो। उनको अनुहारमा ढुंगाले थिचेर नचिनिने बनाइएको प्रहरीले जनाएको छ। खासगरी उनी युट्युवमा विभिन्न चराको आवाज निकालेर राखेका भिडियोका कारण चर्चित बनेकी थिइन्।

प्रतिक्रिया