ठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर २ हजार ४२१ जना कोरोनाका नयाँ संत्रमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख ५६ हजार ८९१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलका अनुसार सो अवधिमा १२ हजार ४१४ जनाको परिक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा कोरोना संक्रमण देखिएको थियो।३ हजार ५५८ जना निको भएका छन्।
८१ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ८९४ पुगेको छ।
प्रतिक्रिया