Pura Samachar

सम्भावित तेस्रो लहरको सामना गर्न सीसीएमसी थाल्यो गृहकार्य

प्रकाशित: June 23, 2021

सम्भावित तेस्रो लहरको सामना गर्न सीसीएमसी थाल्यो गृहकार्य

काठमाडौं। कोरोना महामारीको सम्भावित तेस्रो तहरको सामाना गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गृहकार्य सुरु गरेको छ। “तेस्रो लहर आउने पूर्वानुमानसँगै सीसीएमसीले सोको रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धि कार्यलाई थप प्रभावकारी र व्यवस्थित रुपमा सम्बोधन गर्न आजबाट सरोकारवाला–विज्ञहरुसँग कार्ययोजना सहित अगाडी बढ्ने उपाय र मोडेलहरुको बारेमा विशेष गृहकार्य अगाडी बढाइएको छ,” सीसीएमसीका प्रवक्ता कृष्णहरि पुष्करले बताए।

प्रतिक्रिया