बागलुङ । बागलुङमा एउटै विवाह भोजमा सहभागी ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
जिल्ला सदरमुकाममै केही दिनअघि भएको विवाह भोजमा सहभागी ५० जनाको परीक्षण गर्दा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
गाउँभरि नै ज्वरो, रुघा, खोकी र शरीर दुख्ने समस्या देखिएपछि परीक्षण गरिएको थियो। यसअघि जिल्लाको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सोही विवाहमा सहभागी एकै परिवारका चार जनाको सङ्क्रमणका कारण मृत्यु भएको थियो।
जिल्लामा निषेधाज्ञा जारी रहेकै बेला भएको विवाह भोजमा सहभागी यति धेरैजनाा संक्रमण पुष्टि भएको हो ।
बागलुङमा हालसम्म ३४० जना सक्रिय सङ्क्रमित छन्।
प्रतिक्रिया