Pura Samachar

२ हजार ४७४ संक्रमित थपिए

प्रकाशित: June 24, 2021

२ हजार ४७४ संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५१८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ।

नेपालमा आज २ हजार ४७४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८९७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ६ लाख २९ हजार ४३१ जना पुगेको छ।

आज २४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९१८ पुगेको छ।

आज १२ हजार २३२ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३३ लाख २ हजार ७४९ जनाको पीसीआर र १ लाख ६१ हजार ५४२ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

प्रतिक्रिया