Pura Samachar

५,४५५ जना काेराेनामुक्त

प्रकाशित: June 25, 2021

५,४५५ जना काेराेनामुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४७६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार ३५१ जनाको पीसीआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७४६ जनामा कोराना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ९ हजार ५८६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७२१ र ४ हजार ७६५ जनाको एन्टीजेन परीक्षण गर्दा ६५५ जना संक्रमित पुष्टि भएका छन्।

पछिल्लो २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ९४५ जना संक्रमितको मृत्यु भएको छ।

गत २४ घण्टामा देशभर ५ हजार ४५५ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९१ दशमलब ३ प्रतिशत रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ७६ हजार ४१३ जना संक्रमित निको भइसकेका छन्।

प्रतिक्रिया