Pura Samachar

कर्णाली प्रदेश सरकारमा सहभागी भएका खनाल–नेपाल समूहका तीन जना मन्त्रीहरू पदमुक्त

प्रकाशित: June 26, 2021

कर्णाली प्रदेश सरकारमा सहभागी भएका खनाल–नेपाल समूहका तीन जना मन्त्रीहरू पदमुक्त

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी भएका खनाल–नेपाल समूहका तीन जना मन्त्रीहरू पदमुक्त भएका छन् । शुक्रबार एक सूचना जारी गरेर प्रदेश सभा सचिवालयले एमाले संसदीय दलको निर्णय अनुसार सांसदत्रय अम्मरबहादुर थापा, कुर्मराज शाही, नन्दसिंह बुढालाई निलम्बन गरिएको जनाएको हो ।

 

संसदीय दलले गरेको निर्णय पालना नगरेकाले उनीहरूलाई एक महिनाका लानि निलम्बन गर्न भनी आएको जानकारी अनुसार कारबाही गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ

 

“नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको वैठकको निर्णयअनुसार माननीय अम्मरबहादुर थापा, माननीय कुर्मराज शाही, मानननीय नन्दसिंह बुढाले नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको निर्णयको पालना नगरेकोले एक महिनाका लागि नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्वित गरिएको भनि प्रदेश सभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी प्राप्त भएकोले सोही व्यहोरोको सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ,” प्रदेश सभाले जारी गरेको सूचनामा भनिएको छ ।

 

माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन उनीहरूले फ्लोर क्रस गरेका थिए । त्यसछि उनीहरूलाई पार्टीले सांसदबाट पदमुक्त गरेको थियो । तर, केहीदिन अघि सर्वोच्च अदालतले उनीहरूलाई पुनर्बहाली गरिदिएको थियो ।

प्रतिक्रिया