Pura Samachar

भीमफेदी-सिस्नेरी-काठमाण्डौ सडक अवरुद्ध

प्रकाशित: June 26, 2021

भीमफेदी-सिस्नेरी-काठमाण्डौ सडक अवरुद्ध

हेटौंडा । निरन्तर वर्षाको कारण भीमफेदी-सिस्नेरी-काठमाण्डौ सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका वडा नंबर २ को राक्सेमा पहिरो आउँदा सडक अवरुद्ध भएको छ ।


जिल्ला प्रहरी कार्यलय मकवानपुर अनुसार निरन्तर वर्षाको कारण आएको पहिरोले भीमफेदी-सिस्नेरी-काठमाण्डौ अन्तर्गत राक्सेमा दुबै तर्फ आवतजावत बन्द भएको छ । प्रहरीका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ ।

गएराति पौने १० बजे हेटौंडा-९ पशुपतिनगरको मास्टरचोकमा हेटौंडा तर्फ आउँदै गरेको सुमो ना १ ज १९०३ नंबरको सुमो आफै अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ

दुर्घटनामा ५ जना घाइते भएको र उनिहरुको हेटौंडाको सन्चो अस्पतालमा उपचार भइरहेकोमा हाल स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  स्थानीय अनुसार गएराति मास्टरचोकमा यात्रु उठाउन तिब्र गतिमा आएको सुमो अनियन्त्रित हुँदा पल्टिएको हो ।

कोरोनो संक्रमण जोखिमलाई मध्यनजर गर्दै प्रशासनले सवारी चलाउन अनुमति नदिएको अवस्थामा रातको समयमा हेटौंडाबाट काठमाण्डौ यात्रु ओसारपसार गर्ने गरेको पाईएको छ ।

प्रतिक्रिया