काठमाडाैं । काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा थप कुखुलाे पारी एक साता थप गरिएकाे छ । काठमाडाैं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे साेमवार बसेकाे बैठकले निषेधाज्ञामा गत साताभन्दा थप खुकुलाे पारी एक साता थप गरिएकाे हाे ।
बैठकले गरेकाे निर्णयअनुसार भोलि मंगलबारदेखि २५ सिट क्षमताभन्दा कम क्षमताका सार्वजनिक यातायात जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन्।
व्यवस्थित र स्वास्थ्य मापदण्ड पालन गरेर बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म २५ सिट क्षमताभन्दा बढीका यात्रुबाहक सार्वजनिक सवारी साधन चलाउन दिइने निर्णय बैठकले गरेकाे छ ।
काेराेना संक्रमण दरमा केही कमी आएको भन्दै गत सातादेखि निजी सवारी साधन जाेर बिजाेर प्रणालीमा सञ्चालन गर्न दिएकाे थियाे । भाेलिदेखि सार्वजनिक यातायात पनि जाेरबिजाेर प्रणालीमा सञ्चालन हुने भएकाे छ । यसबाट सर्वसाधारणमा केही सहज भएपनि काेराेना संक्रमणबाट बच्नका लागि थप सचेतना अपनाउनु पर्ने देखिएकाे छ ।
दोस्रो लहरको काेराेना संक्रमण बढेपछि गत बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो।
बैठककाे निर्णय अनुसार सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ। खाद्यन्य तथा फलफूल र तरकारीका पसलहरू भने बिहानैदेखि खुल्ने भएका छन्।
विवाह तथा ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म मात्रै सहभागी हुनेगरी आफ्नो घर वा बसेको स्थानमा गर्न सकिने र सो प्रयोजनका लागि २ वटा सवारी साधन सञ्चालन गर्न दिइनेछ । सभा, सम्मेलन र गोष्ठीहरु भने खुल्ला गरिएको छैन । यो आदेश असार २१ गतेसम्मका लागि लागु हुने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया