काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ६४० वटा नमुनामा कोभिड संक्रमण परीक्षण गरिएको थियो । जसमध्येबाट २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको छ ।
आज थपिने संक्रमितमा सबैभन्दा धेरै काठमाडौंमा ३५५ जना र उपत्यकाबाहिर झापामा सबैभन्दा धेरै १९३ जना संक्रमित थपिएका छन् । त्यस्तै मोरङमा ११६, ललितपुरमा ११३ सुनसरीमा ९४, चितवनमा ८०, कास्कीमा ७९ र नवलपरासी पूर्वमा ६० जना संक्रमित थपिएका छन् । यीबाहेक अन्य जिल्लामा थपिने संक्रमितको संख्या ५० भन्दा कम रहेक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले मुलुकभरका २४ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको छ भने २८ जिल्लामा २ सयभन्दा बढी रहेको छ । नेपालमा हालसम्म कोभिड संक्रमित हुनेको जम्मा ६ लाख ३५ हजार १८८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३७ हजार ९५० रहेको छ
पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ४२ जनाको मृत्यु पुष्टि भएको छ ।
योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ भने आज ३ हजार ८५३ जना संक्रमणमुक्त भएका छन् ।
आज देशभर होम आइसोलेसनमा ३५ हजार ७५, संस्थागत आइसोलेसनमा २ हजार ८७५, आईसीयूमा ६५७ र भेन्टिलेटरमा १९३ जना रहेका छन् । नेपालमा कोभिड संक्रमणमुक्त हुने दर ९२.६३ प्रतिशत पुगेको छ भने मृत्युदर १.४२ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ
प्रतिक्रिया