
काठमाडौं । नेकपा एमालेले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको छ ।
मंगलवार बसेको स्थायी समिति बैठकले आगामी विहीबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने निर्णय पनि गरेको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।
माधव नेपाल पक्षको माग अनुसार हालको महाधिवेशन आयोजक कमिटी भंग गरेर पुरानो केन्द्रीय समिति ब्यूँताउने एमालेले निर्णय लिएको हो । १८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा खनाल–नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई पनि आमन्त्रण गरिने प्रवक्ता ज्ञवालीले बताउनुभयो ।
यसैबीच एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बुधवार बस्दै छ । उक्त बैठकमा नेपाल समूहका केही नेतालाई बोलाइएको भए पनि ११ नेतालाई भने बोलाइएको छैन ।
नेता माधव कुमार नेपालसहित झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्कासहितका ११ नेतालाई बैठकका लागि खबर नगरिएको हो ।
नेता खनाल भने उपचारका लागि भारतमा हनुहुन्छ । यसअघि कारबाहीमा परेका बाहेक अरु नेताहरूलाई बैठकमा बोलाइएको छ ।
प्रतिक्रिया