Pura Samachar

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का माधवकुमार नेपाल समूहकाे स्थायी कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी

प्रकाशित: July 1, 2021

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का माधवकुमार नेपाल समूहकाे स्थायी कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का माधवकुमार नेपाल समूहकाे स्थायी कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी बन्नुभएकाे छ । स्वास्थ्य उपचारका लागि भारतमा रहनुभएका खनाल बैठकमा भर्चुअल रूपमा सहभागी बन्नुभएकाे हाे ।

काठमाडौंको बुद्धनगरस्थित एक वैंकेटमा नेपाल समूहकाे स्थायी कमिटी बैठक जारी छ ।

अध्यक्ष केपी ओलीले बुधबार जेठ २ को पार्टी संरचनामा फर्काउने गरी एमाले बैठक शुक्रबारलाई बोलाएपनि ओलीले पुनः जालझेल गरेको दावी गर्दै शुक्रबारको बैठकमा जाने या नजाने भन्ने निर्णय गर्न बैठक बोलाइएकाे बताइएकाे छ ।

केही नेताहरूले भने हिजै प्रधानमन्त्रीले बाेलाउनुभएकाे बैठक अवैधानिक भएकाले जान नहुने बताइसकेका छन् ।

 

प्रतिक्रिया