काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले भोली बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
खनाल नेपाल समुहको आज बसेको स्थायी कमिटी बैठकले ओलीले अवैध रुपमा बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निर्णय गरेको हो । आज बुद्धनगरस्थित एक ब्याङ्वेटमा बसेको खनाल–नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा नजाने निर्णय गरेको नेता अष्टलक्षमी शाक्यले जानकारी दिनुभयो । अवैधानिक कमिटीले बोलाएको बैठकमा नजाने निर्णय गरेको नेता शाक्यले जनता समाचारलाई बताउनुभयो ।
सर्वोच्च अदालतले यसअघि नै खारेज गरिसकेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि बोलाएको बैठक नै अवैधानिक रहेको खनाल नेपाल पक्षको निष्कर्ष छ । पार्टी विधान विपरित गठित महाधिवेशन आयोजक समितिको वैठक र यसले गरेका निर्णयले पार्टी एकता हासिल गर्न अवरोध पुर्याउने भएकोले असार १८ शुक्रवार बोलाइएको केन्द्रीय कमिटी वैठकमा सहभागी हुन नसकिने खनाल नेपाल पक्षको बैठकले निर्णय गरेको छ । वार्ता र सहमतिबाट समस्याको समाधान खोजिनुपर्ने वैठकले निष्कर्ष निकालेको छ । यस्तै केन्द्रीय कमिटीको बैठक आवश्यक तहको सहमति तथा स्थायी कमिटीको वैठकबाट आवश्यक निर्णय प्रस्तावको आधारमा मात्र बोलाउनुपर्ने खनाल नेपाल पक्षको ठहर छ ।
प्रतिक्रिया