पूर्वपश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल सञ्चालनमा नआउँदै भासिएको छ । वर्षासँगै नदीमा आएको बाढीका कारण नवनिर्मित पुलको एउटा पिलर भासिएको छ । सञ्चालनको तयारी भइरहेके बेला पुलको पिलर भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले जानकारी दिनुभयो । पुलमा १२ स्पान(पिलर) छन् । तीमध्ये एउटा एक फिट भासिएको बताइएको छ । पुलको निर्माण डिजाइनअनुसार काम नभएको वा डिजाइन नै गलत भएकाले भासिएको हुन सक्ने उहाँको भनाइ छ । चार सय ७० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउन पप्पु लुम्बिनी बिल्डर्सले २०६८ सालमा निर्माण सम्झौता गरेको थियो । पुल निर्माण पूरा भइसकेकाले केही दिनमै सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला भासिएपछि स्थानीयवासी चिन्तित छन् । —
प्रतिक्रिया