Pura Samachar

प्रधानमन्त्री तर्फका कानुन व्यवसायीका लागि बहस गर्न अब १ घण्टा ३० मिनेट समय बाँकी

प्रकाशित: July 2, 2021

प्रधानमन्त्री तर्फका कानुन व्यवसायीका लागि बहस गर्न अब १ घण्टा ३० मिनेट समय बाँकी

काठमाण्डौँ । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धामा बिहीबारको सुनुवाइमा प्रधानमन्त्रीका तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका छन् ।

वरिष्ठ अधिवक्ता अग्नि खरेल, वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतो, अधिवक्ता परशुराम कोइराला, सुवास आचार्य, वरिष्ठ अधिवक्ताहरू महेश नेपाल, टंक दुलाल र रविनारायण खनालले बहस गरेका हुन् ।

बिहिबारको बहसमा नेपालको संविधानको धारा ७६ (५) लाई प्रधानमन्त्रीका कानुन व्यवसायीले प्रष्ट्याउने प्रयास गरेका छन् । प्रधानमन्त्री तर्फका कानुन व्यवसायीका लागि बहस गर्न अब १ घण्टा ३० मिनेट समय बाँकी छ ।

शुक्रबारको संवैधानिक इजलासमा पनि प्रधानमन्त्रीका कानुन व्यवसायीले बहसलाई निरन्तरता दिनेछन् ।

प्रतिक्रिया