Pura Samachar

ओली र वरिष्ठ नेता नेपालबीच टेलिफोन संवाद

प्रकाशित: July 3, 2021

ओली र वरिष्ठ नेता नेपालबीच टेलिफोन संवाद

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ ।

शुक्रवार केन्द्रीय कमिटी बैठकमा अनुपस्थित रहनुभएका वरिष्ठ नेता नेपाल र अध्यक्ष ओलीबचि शनिबार दिउँसो टेलिफोनमा कुराकानी भएको हो ।

यसअघि बिहीबार राति पनि दुई नेताबीच संवाद भएको थियो । ओलीले शुक्रवारको बैठकमा सहभागी हुन नेता नेपाललाई निम्तो दिएपनि अनुपस्थित रहनुभएको थियो ।

शनिवार पुनः केन्द्रीय कमिटी बैठक अघि दुई नेताबीच टेलिफोन संवाद भएको हो । बैठक अहिले दिउँसो ३ बजे बालुवाटारमा बस्दैछ ।

प्रतिक्रिया