काठमाडौं । निरन्तरको वर्षाका कारण सुनसरीका अधिकांश क्षेत्र जलमग्न बनेको छ ।
पानीको निकास अभाव र खोलामा बढेको पानीका कारण टोल, बस्तीहरु डुबानमा देखिएका छन् । इटहरी क्षेत्रमा टेंग्रा र बूढीखोलामा आएको बाढीले किनार र आसपासका वडाहरु डुबानमा परेका छन्
त्यसैगरी, धरानमा सेउती र अधेरीखोला आसपासको क्षेत्रमा डुबानको समस्या देखिएको सुनसरी प्रहरीले जनाएको छ । इनरुवा क्षेत्रमा पर्ने कुरुवाखोला सडकबाटै बगेको छ । सो क्षेत्रमा आवतजावतमा समेत समस्या देखिएको छ ।
वर्षासँगै खोलाहरुमा जलस्तर बढको छ । सुनसरी, बूढी, गडनलगायत खोलामा जलस्तर बढ्दा आसपास किनारका बस्ती जोखिममा परेका छन् । सुनसरी प्रहरीले दिएको जानकारीअनुसार अहिलेसम्म डुबान तथा बाढी पसेका २०० घर–परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
प्रतिक्रिया