Pura Samachar

टोखा नगरपालिका दीपज्योतिमा टिपरको ठक्कर

प्रकाशित: July 4, 2021

टोखा नगरपालिका दीपज्योतिमा टिपरको ठक्कर

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९, दीपज्योतिमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।

मोटरसाइकल चालक नुवाकोटको बेलकोट नगरपालिका–६ का २६ वर्षीय सन्तोष अधिकारी र पछाडि सवार २२ वर्षीय दिपेश थापाको घटनास्थलमै मृत्यु भएको हो

घाइते भएका मोटरसाइकलमा सवार ३० वर्षीय सागर खतिवडालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।

बा२क ३४६६ नम्बरको टिपरले गए राति करिब पौने ११ बजे तीनजना सवार रहेको प्रदेश ३ ०२ ०१० प ७२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरसहित चालकलाई प्रहरीले नियनत्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया