Pura Samachar

प्रदेशसभाको बैठक आज पनि स्थगित

प्रकाशित: July 4, 2021

प्रदेशसभाको बैठक आज पनि स्थगित

हेटौँडा : वाग्मती प्रदेशको प्रदेशसभा बैठक आइतवार पनि स्थगित भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर दिउँसो ३ बजेका लागि बोलाइएको थियो।

दलहरूबीच संसद् सञ्चालन गर्नेबारे सभामुखसहितको बैठकमा सहमति नजुटेपछि सोमवारसम्मका लागि स्थगित गरिएको हो। आइतवार दिनको ३ बजे हुने भनिएको प्रदेश सभाको बैठक विशेष कारणले गर्दा सोमवार दिनको १ वजे हुने प्रदेश सचिव कृष्णहरी खड्काले जनाएका छन्।

माधव नेपाल समूह अझै पनि बजेटलाई पास गराउन पूर्ण सहमत नभइसकेको जनाइएको छ। विनियोजन विधेयकमा असन्तुष्टि व्यक्त गर्दै शनिवार विपक्षी  दलहरूले संसद् अवरुद्ध गरेका थिए।

सोमवार बस्ने प्रदेशसभाको बैठकमा सरकारको तर्फबाट एक जना मन्त्रीले सरकारले ल्याएको बजेटमा भएका सत्यतथ्य विवरण सार्वजनिक गर्ने, प्रतिपक्ष दलहरुले उठाएको सरोकारको विषयमा स्पष्टिकरण दिने र प्रतिपक्षहरुले व्यक्त गरेको भावनालाई कदर गर्दै विनियोजित बजेटमा फेरबदल हुनसक्ने सम्भावना रहेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले बताए।

प्रतिक्रिया