मोरङ । नेकपा माओवादी केन्द्रले प्रदेश १ को प्रदेशसभा बैठक पुनः अवरुद्ध गरेको छ ।
भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सदनमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रले लगातार तेस्रो दिन आइतवार पनि प्रदेशसभा अवरुद्ध गरेको हो ।
उपसभामुख सरस्वती पोखरेलले सदन सुरु गर्ने बित्तिकै माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले आ–आफ्ना सिटबाट उठेर सदन अवरुद्ध गरेका थिए । सदन अवरुद्ध गरेपछि उपसभामुख पोखरेलले सोमबार दिउँसो २ बजेसम्मका लागि सदन स्थगित गर्नुभएको छ ।
आर्थिक वर्ष २०७८÷७९ को बजेटको भौतिक पूर्वाधार क्षेत्रको विषयगत छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा गत आइतबार आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै माओवादीले बैठक अवरुद्ध पार्दै आएको छ ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले मन्त्री गुरुङले सदनमा आत्मालोचनासहित माफी माग्नुपर्ने र सदनको रेकर्डबाट उनको भनाइ हटाउनुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया