Pura Samachar

चीनबाट कोरोनाभाइरसविरुद्धको खोप ल्याउनेसम्बन्धी उडान तालिका सार्वजनिक

प्रकाशित: July 5, 2021

चीनबाट कोरोनाभाइरसविरुद्धको खोप ल्याउनेसम्बन्धी उडान तालिका सार्वजनिक

काठमाडौं । चीनबाट कोरोनाभाइरसविरुद्धको खोप ल्याउनेसम्बन्धी उडान तालिका सार्वजनिक भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सामाजिक सञ्जालमार्फत उडान तालिका सार्वजनिक गरेका हुन् । उनका अनुसार चीनबाट ४० लाख डोज खोप ल्याइनेछ । भेरोसेल खोप ल्याउन लागिएको हो ।नेपाल एयरलाइन्सलाई उद्धृत गर्दै डा. भट्टराईले सार्वजनिक गरेको तालिकाअनुसार खोप लिन नेपाल एयरलाइन्सको विमान यही असार २४ गते बेइजिङ जाँदै छ । सार्वजनिक तालिकाअनुसार तीनपटकमा गरेर आउँदो साउन ८ गतेसम्म ४० लाख डोज खोप काठमाडौं आइपुग्नेछ

सरकार–सरकार (जीटुजी) ननडिस्क्लोजर एग्रिमेन्ट (गोप्य सम्झौता) गरेर खोप ल्याउन लागिएकोले यसबारेमा विस्तृत खुलाइएको छै

प्रतिक्रिया