
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले सूचना निकालेर काठमाडौं महानगर, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका र शंखरापुर नगरपालिकाका विभिन्न स्थानका खोप केन्द्रबाट खोप दिइने बताएको छ।
काठमाडौं महानगरका १३ अस्पताल र स्वास्थ्य केन्द्रबाट खोप दिइनेछ भने अन्यत्र पनि स्वास्थ्य केन्द्रबाट खोप दिइने भएको छ। भेरोसेलको दोस्रो मात्रा लगाउन आफूलाई पायक पर्ने स्थानमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म जानुपर्नेछ। खोप लगाउन जाँदा पहिलो मात्राको खोप लगाएको कार्ड साथैमा लिएर आउन आग्रह गरिएको छ ।

प्रतिक्रिया