Pura Samachar

विभिन्न तहका परीक्षाफल त्रिभुवन विश्वविद्यालयले यसै महिनाभित्र प्रकाशित गर्ने

प्रकाशित: July 7, 2021

विभिन्न तहका परीक्षाफल त्रिभुवन विश्वविद्यालयले यसै महिनाभित्र प्रकाशित गर्ने

कठमाण्डौं । कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहका परीक्षाफल त्रिभुवन विश्वविद्यालयले यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ । विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी असारभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भइरहेको हो ।

कर्मचारीमा कोरोनाको प्रभावका कारण परीक्षाफल प्रकाशनमा समस्या देखिएको बताउँदै परीक्षाफल असारभित्र प्रकाशित गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयो ।

स्नातक तह तेस्रो र चौथो वर्षको परीक्षाफल प्रकाशित हुन सकेको छैन । स्नातकोत्तर तहमा भर्ना पनि चाँडै सुरु गरिने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया