
जनकपुर। प्रदेश २ को प्रदेशसभा बैठक लगातार दोस्रोपटक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
असार २३ गते दिनको १ बजे बस्ने भनिएको प्रदेशसभा बैठक असार २५ गते दिनको १ बजे बस्ने सूचनाा उल्लेख गरि।एको छ । बैठक स्थगित गरिएको सूचना सांसदहरुलाई एसएमएस पठाएर पनि जानकारी गराइएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज बस्ने बैठक प्रदेश सरकारको विकास निर्माण र अन्य खर्चको भुक्तानी असार २४ गतेसम्म मात्रै हुने भएकोले स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिनु भयो ।
बैठक स्थगित गर्नुको अर्को कारण सांसदहरुले संसद क्षेत्र विकास कोषको रकम बढाउन गरेको मागमा सहमति जुट्न नसक्नु पनि स्रोतको दावी छ । यस विषयमा सरकारले नेकपा माओवादी केन्द्र र नेकपा एमालेका सांसदहरुसँग पटक–पटक छलफल गरे पनि सहमति नजुटेको बुझिएको छ । सांसदहरुले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिकलाई अढाई करोड बजेट दिनुपर्ने माग गरेका छन् ।
अगामी बर्षको बजेट टेबल गर्न नदिने भएपछि मुख्यमन्त्री लालबाबु राउतले संसद क्षेत्र विकास कोषको रकम बढाउने आश्वासन दिनु भएको थियो ।
प्रतिक्रिया