Pura Samachar

भाेलिसम्म सहमति हुने विश्वास

प्रकाशित: July 7, 2021

भाेलिसम्म सहमति हुने विश्वास

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को एकता कार्यदलको बैठक सकिएको छ। बुधवार ११ बजे सिंहदरबारमा शुरू भएकाे कार्यदलको बैठकमा पार्टीभित्र उत्पन्न विवाद समाधानबारे छलफल भएको पार्टी प्रवक्ता तथा कार्यदल सदस्य प्रदीप ज्ञवालीले बताउनुभयाे ।

ज्ञवालीले भन्नुभयाे, ‘कार्यदलका तर्फबाट नेताहरूको विचार र भावना बुझिएको छ। कार्यदलमा छलफल निष्कर्षउन्मुख छ। सम्भवतः भोलि टुंग्याउँछौं।’ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका पाँच/पाँच जना नेताहरू रहेको कार्यदलको बैठक लगातार तीन दिनदखि समस्या समधानका लागि क्रियाशिल छ ।

ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल हुनुहन्छ भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त हुनुहुन्छ ।

प्रतिक्रिया