Pura Samachar

पालमा कोभिड–१९ को तेस्रो लहर चाँडै आउन सक्ने

प्रकाशित: July 7, 2021

पालमा कोभिड–१९ को तेस्रो लहर चाँडै आउन सक्ने

काठमाडौं । सरकारले नेपालमा कोभिड–१९ को तेस्रो लहर आउन सक्ने चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को तेस्रो लहर आउन सक्ने चेतावनी दिएको हो । आज नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले तेस्रो लहरको संक्रमणको जोखिम कम गर्न नागरिकको तर्फबाट जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्न अनुरोध गर्नुभयो । पछिल्लो समय देखिएको कोरोनाभाइरस हावाबाट पनि सर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो । कार्यास्थलहरुमा सकेसम्म खुला ठाउँमा रहन उहाँले सुझाव दिनुभएको छ ।

नेपालमा अहिले कोभिड–१९ का डेल्टा ए वाई १ र कप्पा भेरियन्ट सक्रिय रहेको मन्त्रालयले जनाएको छ । गएको वैशाख २६ देखि जेठ २० गतेसम्मको नमुना परीक्षणमा मुख्य रुपमा डेल्टाको म्युटेन्ट रुप एवाई १ र कप्पा भाइरस सक्रिय रहेको पाइएको डा. पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया