
काठमाण्डौं । संयुक्त विद्यार्थी संगठनले आज ७७ वटै जिल्लामा सिठ्ठी जुलूस गर्दै छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धि तथा भ्रष्टाचार विरुद्ध सिठ्ठी जुलुस गर्न लागेको हो ।
विद्यार्थीहरुले बिहान नेपाल आयल निगमको कार्यालय घेराउ गरि सकेका छन भने अहिले दिउँसो ३ बजे माइतिघरमा सिठ्ठी जुलुस गर्न लागेको र तीनवजे देशव्यापी रुपमा ७७ वटै जिल्लामा सिठ्ठी जूलूूस गर्ने संयुक्त विद्यार्थी संगठनले जनाएको छ ।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अखिल, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौंका विद्यार्थीहरुले प्रतिगमन तथा भ्रष्टाचारको विरोधमा संयुक्त रुपमा विरोध प्रदर्शन गर्दै आएका छन् ।
प्रतिक्रिया