Pura Samachar

८ आकांक्षीकाे समूहगत छलफल हुँदै

प्रकाशित: July 9, 2021

८ आकांक्षीकाे समूहगत छलफल हुँदै

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा सभापतिका आकांक्षीमा आधा दर्शन बढी भएपछि उत्तम उम्मेद्वार छनोट गर्न छलफल हुने भएको छ । शुक्रवार अपराह्न चार बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा पौडेल समूहका सभापतिका आकाक्षीबीच छलफल हुन लागेको हो ।

१३ औँ महाधिवेशनमा महामन्त्रीका प्रत्याशी अर्जुननरसिंह केसीको अग्रसरतामा पौडेल पक्षका सभापतिका ८ जना आकांक्षीबीच छलफल हुन लागेको बुझिएको छ । छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्व सहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र डा रामशरण महत, नेताहरू डा शेखर कोइराला र सुजाता कोइराला सहभागी हुनेछन् ।

पौडेल पक्षबाट सभापतिमा दाबी गरिरहेका युवा नेता कल्याण गुरुङलाई पनि छलफलमा बोलाइएको छैन । साझा धारणा र सहमति कायम गरी एकल उम्मेदवारको खोजीमा छलफल गर्न लागिएको केसीले जानकारी दिनुभयो ।

पौडेल पक्षले यसअघि असार ११ गते पनि आफू पक्षीय केन्द्रीय सदस्यको भेला गरेर सभापति उम्मेदवारबारे छलफल गर्नु भएको थियो ।

प्रतिक्रिया