Pura Samachar

अमेरिकाले नेपाललाई १५ लाख मात्रा जोन्सन एण्ड जोन्सनका कोभिड–१९ विरुद्धको खोप दिने

प्रकाशित: July 9, 2021

अमेरिकाले नेपाललाई १५ लाख मात्रा जोन्सन एण्ड जोन्सनका कोभिड–१९ विरुद्धको खोप दिने

काठमाडौं । अमेरिकाले नेपाललाई १५ लाख मात्रा जोन्सन एण्ड जोन्सनका कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।

अमेरिकाले नेपाललाई १५ लाख र भुटानलाई ५ लाख मोडर्ना खोप दिन लागेको रोयटर्सले जनाएको छ ।

ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले बाइडेन प्रशानसनले ८ करोड मात्रा खोप उपलब्ध गराउने प्रतिवद्धता अन्तर्गतकै खोप सहायता नेपाललाई गर्ने भएको हो । अमेरिका लगायत विकसित राष्ट्रले खोपको आपूर्तिमा हुने असमानता र विभेद न्यूनीकरणका लागि भन्दै यो सहायताको घोषणा गरेका हुन् ।

बाइडेन प्रशासनले १० लाख मात्रा फाइजर र बायोएनटेक खोप मलेसिया र ४० लाख मोडर्नाको खोप इण्डोनेसियामा पठाउने योजना घोषणा गरेको छ । अमेरिका र चीनले खोप कूटनीतिका माध्यमबाट भूराजनीतिमा प्रभाव विस्तार गर्न खोजिरहेको रोयटर्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया