
वाकोट । नुवाकोटमा कोभिड–१९ को बढी सङ्क्रामक मानिएको ‘डेल्टा प्लस भेरियन्ट’ फेला परेको छ ।
त्रिशूली जिल्ला अस्पतालले शुक्रबार विज्ञप्ती जारी गर्दै पीसीआर प्रयोगशालाबाट पोजेटिभ देखिएका चार स्वाबको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमार्फत अन्तर्राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाएको मध्ये एक नमूनामा डेल्टा प्लस भेरियन्ट भेटिएको जनाएको छ ।
अस्पतालमा मेडिकल प्रमुख डा दीपेन्द्र पाण्डेले डेल्टा प्लस भेरियन्ट पहिलेका भेरियन्ट भन्दा ६० देखि १०० प्रतिशत बढी सङ्क्रामक रहेको जानकारी दिँदै सजग रहन आग्रह गर्नुभयो ।
यसैबिच जिल्ला प्रशासन कार्यालय नुवाकोटले एक साताको लागि निषेधाज्ञा थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले निषेधाज्ञा आगामी साउन १ गते राति १२ बजेसम्म रहने जानकारी दिनुभयो ।
प्रतिक्रिया