Pura Samachar

थप १८३१ जनामा कोरोना संक्रमण

प्रकाशित: July 11, 2021

थप १८३१ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार आठ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नौ हजार दुई सय १८ जनामा गरिएको परीक्षणमा एक हजार आठ सय ३१ जनामा संक्रमण पुष्टि भएको हो।

पाँच हजार पाँच सय ३५ जनामा आरटी पीसीआर र तीन हजार ६ सय ८३ जनामा एन्टिजेन परीक्षण गरिएकोमा पीसीआरबाट एक हजार दुई सय ३७ र एन्टिजेनबाट पाँच सय ९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ३३ जना कोरोनाका बिरामी निको भएका छन् भने आज कोरोनाबाट २० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया