Pura Samachar

अमेरिकी सरकारले दिएको १५ लाख ३४ हजार ८५० डोज खोप आइपुगेको छ।

प्रकाशित: July 12, 2021

अमेरिकी सरकारले दिएको १५ लाख ३४ हजार ८५० डोज खोप आइपुगेको छ।

काठमाडौंः अमेरिकी सरकारले दिएको १५ लाख ३४ हजार ८५० डोज खोप आइपुगेको छ।

आज बिहान कतार एयरवेजको विमान मार्फत दोहा हुँदै खोप काठमाडौं आइपुगेको हो। जोनसन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको यो खोप एक डोज लगाए पुग्छ। यसअघि नेपालमा उपलब्ध भएका कोरोना विरुद्धको खोप दुई डोज लगाउँदै आइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा अमेरिकी राजदूत र्‍यान्डी बेरीले खोप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।

प्रतिक्रिया