Pura Samachar

आगामी कात्तिक २६ र मंसिर ३ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको सबै प्रक्रिया स्थगित

प्रकाशित: July 13, 2021

आगामी कात्तिक २६ र मंसिर ३ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको सबै प्रक्रिया स्थगित

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेसँगै आगामी कात्तिक २६ र मंसिर ३ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको सबै प्रक्रिया स्थगित भएको छ ।

प्रतिनिधिसभा विटघन भई कात्तिक २६ र मंसिर ३ गते तोकिएको निर्वाचन संसद् पुर्नस्थापना भएसँगै रद्द भएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सर्वोच्चको फैसलापछि निर्वाचन तयारी स्थगित भएको बताउनुभयो ।

अब आयोगको बैठक बसेर औपचारिक रुपमा निर्वाचन तयारी स्थगित गर्ने उहाँले बताउनुभयो । आयोगका अनुसार सर्वोच्चबाट फैसलाको लिखित जानकारी आउन बाँकी रहे पनि आयोगले प्राप्त जानकारीकै आधारमा तयारी स्थगित गरेको हो ।

आयोग प्रवक्ता श्रेष्ठले यसपाली निर्वाचनका लागि आयोगले केही तयारी अघि बढाएपनि आर्थिक रूपमा भने निर्वाचनकै लागि भनेर खासै खर्च भएको छैन । निर्वाचनका लागि चार महिनाजति पर्याप्त समय भएकोले यसपाली निर्वाचन तयारीका लागि खासै खर्च नभएको आयोगले जनाएको छ । निर्वाचनका लागि अर्थमन्त्रालयले बजेट पनि स्विकृत गरिसकेको थियो ।

प्रतिक्रिया