
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भनेका छन्
बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्ने तयारी गरेका हुन् । सम्बोधन गर्ने समय भने तय भइसकेको छैन ।
तर सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको समयअगाबै प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।
सर्वोच्चले राष्ट्रपतिलाई आज ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समय दिएको छ।
प्रतिक्रिया