
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो । देउवा पाँचौँ पटक मुलुकको प्रधानमन्त्री बन्नुभएको हो । नवनियुक्त प्रधानमन्त्री देउवाले आजै शपथ ग्रहण गर्ने तयारी छ।
प्रधानमन्त्रीमा नियुक्त भएसँगै देउवाले आजै मन्त्रीपरिषद विस्तार गर्नुुहनेछ । उहाँले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्छ। विश्वासको मत नपाए पनि उहाँकै नेतृत्वमा मुलुक चुनावमा जाने छ।
यसअघि सोमबार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो।
प्रतिक्रिया