Pura Samachar

४ मन्त्रीले लिए शपथ

प्रकाशित: July 13, 2021

४ मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्नुभएको हो ।

देउवासँगै आजै नियुक्त भएका चार मन्त्रीले पनि शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्रीसहित चारै मन्त्रीलाई राष्ट्रपति भण्डारीले शपथ ग्रहण गराउनुभएको हो ।

नवनियुक्त मन्त्रीहरुमा माओवादीबाट दुई जना र कांग्रेसबाट दुई जना छन् । गृहमन्त्रीमा कांग्रेसका बालकृष्ण खाण नियुक्त हुनुहुने भएको छ । अर्थमन्त्रीमा माओवादीका जनार्दन शर्मा र उर्जा मन्त्रीमा माओवादीकै पम्फा भुसाल नियुक्त हुनुहुने भएको छ । त्यसैगरी कानुनमन्त्रीमा कांग्रेसकै ज्ञानेन्द्रबहादुर कार्की नियुक्त हुनुभएको छ । चारै मन्त्रीले शपथ ग्रहण गरिसकेका छन् ।

प्रतिक्रिया