Pura Samachar

जनमोर्चाको केन्द्रीय कमिटीले देउवा सरकारलाई समर्थन गर्ने तर सहभागी नहुने निर्णय

प्रकाशित: July 14, 2021

जनमोर्चाको केन्द्रीय कमिटीले देउवा सरकारलाई समर्थन गर्ने तर सहभागी नहुने निर्णय

काठमाडौं । राष्ट्रिय जनमोर्चाले कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको छ । बुधबार बसेको जनमोर्चाको केन्द्रीय कमिटीले देउवा सरकारलाई समर्थन गर्ने तर सहभागी नहुने निर्णय गरेको हो ।

जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले आफूहरुले देउवा सरकारलाई बाहिरैबाट साथ दिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ तर बाहिरैबाट सरकारलाई हाम्रो समर्थन रहनेछ ।’

कांग्रेस,माओवादी, जसपा गठबन्धनमा साथ दिँदै आएको जनमोर्चाले सरकारमा सहमागी हुन भने अस्वीकार गरेको हो ।

प्रतिक्रिया