
काठमाडौं उपत्यकामा पूर्ण रुपमा निषेधाज्ञा खुला गरिएको छैन । उपत्यका भित्र सवारीहरु संचालन भएपनि काठमाडौं बाहिर जाने तथा आउने लामा दुरीका सवारी पास विन संचालन संचालन गर्न पाइरहेका छैनन् । आजको बैठकले लामो दुरीका सवारी संचाल गर्ने नगर्ने वा स्वास्स्थ्य सचेतता अपनाएर संचालन गर्ने भन्नेबार निर्णय हुन भएको छ ।
आजको बैठकले लामो दुरीका सवारीहरु जोरबिजोर प्रणाली मार्फत संचालन अनुमती दिनसक्नेगरी निर्णय गर्न सक्ने कतिपयको अनुमान रहेको छ । यद्यपी प्रमुख जिल्ला अधिकारीहरु पनि के गर्ने भन्नेबार अन्योलमै रहेको बताइएको छ ।
दोस्रो लहरको कोरोना महामारी नेपालमा फैलिएसँगै गत बैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना महामारीको जोखिम केही कम भएसँगै निषेधाज्ञा पनि खुकुलो बनाइदैछ ।
पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिदैछ ।
प्रतिक्रिया